झापा – रोसा फुयाल सा रे ग म प गायन प्रतियोगितामा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै गायनको अदभुत क्षमताले गर्दा फाईनलमा पर्न सफल भएकी छिन् ।
प्रतियोगितामा लगातार दमदार प्रस्तुतिले धमाका मच्चाइरहेकी झापाली चेली रोशा फुयाल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी हुन् । रोशा झापाको मेचीनगर अब्बल निवासी हुन् ।
हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागी भएका थिए । जसमा उनीहरुलाई उछिन्दै रोशा टप ५ हुदै उपाधि नजिक पुगेकी हुन् ।

सुरिलो स्वरकी धनी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिईरहेकी उनलाई अब उपाधिका लागि अत्याधिक भोटको आवश्यक छ ।
उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभासंगै अहिले भोटको पनि त्यतिकै आवश्यकता परिरहेको हुँदा जिताउन भोट गरिदिन परिवारको आग्रह छ ।

रोशालाई भोट गर्न मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेस छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।
त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।