Search
Close this search box.
Search
Close this search box.

झापाली समाज युएईद्वारा बुद्धशान्तिमा विद्यार्थीलाई न्यानो कपडा वितरण

तीर्थ तिम्सिना, उमेश खतिवडा,
झापा / झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापालीहरुको सामाजिक संगठन झापाली समाज युएईले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विद्यालयका गरिव तथा अति विपन्न छात्र/ छात्राहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम शुरु गरेको छ ।

मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकाबाट न्यानो कपडा वितरणको कार्यक्रम शुरु गरिएको छ ।

गरिव तथा अति विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक विद्यालयको पहिचान गरि न्यानो कपडा वितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेस सापकोटाले बताएका छन् ।

यस बर्ष झापाको बुद्धशान्ति, बार्हदशी र भद्रपुर नगरपालिकामा करिव ४०० विद्यार्थीलाई बितरण गर्ने योजना रहेको सचिव मनिस सुवेदीले बताएका छन् । उनका अनुसार यसअघि झापाका आठ पालिकामा बितरण गरिसकिएको छ ।

झापाली समाज युएई, बुद्धशान्ति गाउँपालिका तथा एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा न्यानो कपडा बितरण कार्यक्रमको शुरुवात गरिएको हो । बुद्धशान्ति गाउँपालिकाका २०० बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्दै उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेस सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं, वडा न ३ का वडाध्क्ष कमलप्रसाद उप्रेती, कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल, वडासदस्य नेत्र गौतम, इलाका प्रहरी कार्यालय बुधबारेका इन्चाज निराजन कटुवाल, एक्सल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेश पोख्रेल, बैंकका केन्द्रीय प्रतिनिधि पंकज घिमिरे , बुधबारे शाखा प्रमुख सुरज ओझा, झापाली समाज युएई नेपाल सम्पर्क समितिका उपाध्यक्ष पारस लामा, सचिव मनिस सुवेदी, सदस्य गोपिकृष्ण रिजाल, बलाराम अर्याल, संचारकर्मी, शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले झापाली समाज युएईको यस्तो हरेक बर्षको अभियानको जति नै प्रशंसा गरेपनि कम हुने बताउँदै खुसी व्यक्त गर्दै गाउँपालिकाले आउँदो दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

झापाली समाज युएईले झापाका २ देखि ४ विद्यालयका १०० भन्दा बढी बिद्यार्थिहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ । यस बर्ष झापाको बुद्धशान्ति, बार्हदशी र भद्रपुर नगरपालिकामा करिव ४०० विद्यार्थीलाई बितरण गर्ने योजना रहेको सचिव मनिस सुवेदीले बताएका छन् । उनका अनुसार यसअघि झापाका आठ पालिकामा बितरण गरिसकिएको छ ।

२०७३ सालमा स्थापना गरिएको यस संस्थाले गरिब, बिपन्न तथा असाहायकै सहयोग गर्न अक्षयकोष समेत खडा गरेको छ । जसमा १३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको जनाईएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *