झापा इनर्जीको प्लान्टमा आगलागी, करिब ६ करोड क्षति

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकस्थित झापा इनर्जीको प्लान्टमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब ६ करोड रुपैयाँबराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दिउँसो २ः१० बजे प्लान्टमा अचानक आगलागी भएको हो । आगलागी के कारणले भएको भन्ने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट प्लान्टभित्र रहेका विभिन्न मेसिन तथा उपकरण जलेर नष्ट भएका छन् । घटनामा मानवीय क्षति भएको छैन । झापा इनर्जीले सोलारबाट विद्युत उत्पादन गर्दै आएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीयबासीको संयुक्त प्रयासमा आगो दिउँसो २ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ ।

EPIC EPIC EPIC

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी परिचालन भएका थिए । प्रहरीले आगलागीको कारण तथा क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च