विर्तामोड । बिर्ताबजारको पब्लिक क्याम्पसमा नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको मतगणना जारी छ।
आज बिहान २ हजार ६७० मत गणना गरिसक्दा सभापतिका उम्मेदवार राम कट्टेलले १३६८ र अर्का प्रत्यासी देउमान थेबेले १२८३ मत प्राप्त गरेका छन्।
हाल सम्म क्षेत्र नम्बर १, २, ४ र ५ को मतगणना भइसकेको छ भने क्षेत्र नम्बर ३ को गणना हुन बाँकी छ ।
त्यस्तै उपसभापति पदका उम्मेदवार केशवराज पाण्डेले १३८७, प्रेम सुम्बाहाम्फेले १२६२, शेरबहादुर भट्टराईले १२३० र शमशेर गिरीले ११०८ मत प्राप्त गरेका छन्।
सचिव पदका उम्मेदवार नवीन बिमलीले १३३९, बिश्वदिप लिङ्देनले १३१७, टोम राजवंशीले ११५२ र कृष्ण हुमागाईंले १२२८ मत प्राप्त गरेका छन्।
उपसचिव पदका उम्मेदवार कमल प्रसाद भण्डारीले १२९४, पदम लिम्बुले १२५२, कलेन्द्र प्रसाद राजवंशीले १२४६ र उमाराम प्रसाईंले ११९७ मत प्राप्त गरेका छन्।
शनिबार भएको निर्वाचनमा ३३११ जना क्षेत्रीय प्रतिनिधि र वडासभापतीहरुले मतदान गरेका थिए।
कुल ३३११ मतदाता मध्ये क्षेत्र नं. १ बाट ६०८, २ बाट ५९३, ३ बाट ६४०, ४ बाट ७५२ र ५ नम्बर क्षेत्रबाट ७१८ जनाले मतदान गरेका थिए।