Search
Close this search box.
Search
Close this search box.

झापा काङ्ग्रेसमा केन्द्रिय नेताको जुँघाको लडाइँ कि थेबे र कट्टेलको?

नेपाली काङ्ग्रेस झापाको भोलि हुने निर्वाचन २ केन्द्रिय नेताको लडाइँको रुपमा हेरिएको छ।

पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माको समर्थन पाएका राम कट्टेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका देवमान थेबे चुनावमा आमने-सामने हुँदैछन्।

EPIC

पार्टीको १३औं महाधिवेशनका क्रममा १४औं महाधिवेशनमा देवमान थेबेलाई जिल्ला सभापति बनाउने लिखित सहमति भएको भन्दै उम्मेदवारी दिएको छ।राम कट्टेलको समूहले भने कुनै पनि सहमति नभएको जिकिर गर्दै आफ्नो उम्मेदवारी दर्ता गरेको छ।

त्यसो त राम कट्टेल समूहले लिखित सहमति नभएको भन्दै १३औं महाधिवेशनको पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो।

पत्रकार सम्मेलन लगत्तै थेबे समुहले उक्त सहमतिलाई लिखित नभई भद्र सहमति भन्दै आएको छ।

जिल्लामा केही समय अघिदेखी नै दुबै पक्षका नेताहरुबिच रस्सा कस्सि चलिरहेको छ।

२ साता अघि काङ्ग्रेस केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले “सानो मान्छे”ले आफैले गरेको सहमति बिर्सेको भन्दै पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माप्रती कटाक्ष गरेका थिए।

उता नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले जवाफी फायरिङ स्वरुप राजतन्त्रको अन्त्य भैसक्दा पनि महाधिवेशन पुर्व सभापति चुन्ने क्रम रहेको भन्दै व्यंग्य गरेका थिए।

सभापति पदका उम्मेदवार राम कट्टेलको पक्षमा प्रवक्ता शर्मा, सांसद महिन्द्राकुमारी लिम्बू, पूर्वसांसद उषा गुरुङ, काङ्ग्रेस झापा सचिवद्वय प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल उभिएका छन् ।

त्यस्तै थेवेको पक्षमा नेता सिटौला, केन्द्रीय सदस्य बुढाथोकी, झापा सभापति थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्वसभापति सुधीरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला उभिएका छन् ।

नवनिर्वाचित क्षेत्रीय सभापतिहरु भने उम्मेदवारी दर्ता हुँदा सम्म ढुलमुले रुपमा प्रस्तुत भइरहेका छन्।

दुबै उम्मेदवारहरुले केही दिनदेखी प्रचार सचिवालय बनाएरै चुनावी दौडानमा निस्किएका छन्।

झापलि काङ्ग्रेसहरुको यो निर्वाचनलाई केन्द्रिय राजनीतिमा महत्त्वका साथ हेरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *