Search
Close this search box.
Search
Close this search box.

झापा लिग: उपाधिका लागि आज बुद्धशान्ति र अर्जुनधारा भिड्दै

झापा। झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्ला स्तरीय ओमसाइ पाथीभरा हस्पिटल फुटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।

शुक्रवार भएको सेमिफाइनलमा वुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकालाइ हराएर फाइनलमा यात्रा तय गरेको हो भने अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

झापाका पालिकाहरुको पहिलो लिग तथा नकआउट प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर झापा गोल्डकपको भद्रपुर ब्लेजर्स गरी १५ वटा टिमको सहभागिता रहेको थियो ।

विजेताले ३ लाख र उपविजेताले २ लाख सहित ट््रफि,मेडल र प्रमाणपत्र पाउने छन । साथै उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुनेछन । आज हुने फाइनल खेल अपरान्ह २ वजेवाट सुरु हुनेछ भने टिकट दर रु ५० तोकिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *