झापा ३ मा खानेपानी योजनामा महत्त्वपूर्ण निर्णय

झापा।

झापा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा जनताको स्वास्थ्य र समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने शुद्ध खानेपानी योजनाहरूको अवलोकन गर्दै महत्त्वपूर्ण निर्णयहरू गरिएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीको नेतृत्वमा सम्पन्न अवलोकनमा ४० वर्ष पुरानो भद्रपुर नगरपालिका सोमबारे खानेपानी योजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरी यसै वर्षभित्र सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। मन्त्री कार्कीले यो योजना जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन महत्त्वपूर्ण हुने बताउनुभयो।

EPIC EPIC EPIC

कचनकवल गाउँपालिका वडा नं. ३ पथरिया खानेपानी योजनाको लागि आवश्यक बजेट व्यवस्थापन गरी यसै वर्षभित्र काम सुरु गर्ने तयारी गरिएको छ। मन्त्री कार्कीले पथरिया क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, घेरावारी खानेपानी योजनाको पहिलो र दोस्रो चरणको अवलोकनपछि द्रुत रूपमा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने भएको छ। कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशीले घेरावारी योजना आफ्नो प्राथमिकतामा रहेको बताउँदै यसका लागि सबै आवश्यक प्रयास गरिने उल्लेख गर्नुभयो। यस्तै, केचना र पाठामारी क्षेत्रका खानेपानी योजनाहरूका लागि आवश्यक बजेट व्यवस्थापन र सहयोगी निकायहरूसँग समन्वय गरी काम अघि बढाइने निर्णय गरिएको छ।

पृथ्वीनगरस्थित गौरीशंकर खानेपानी योजनामा सुधार, विस्तार, र थप विद्युतीय ऊर्जा व्यवस्थापनका विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णय लिइएको छ। भद्रपुर नगरपालिकाका प्रमुखले गौरीशंकर योजना विस्तारले खानेपानी सुविधा सुधार गर्न मद्दत गर्ने बताउनुभयो।

कचनकवल गाउँपालिकाले विगत वर्षहरूमा पनि खानेपानी परियोजनामा उल्लेखनीय प्रगति गरेको छ। उपाध्यक्ष नवराज भट्टराईका अनुसार, अघिल्लो वर्ष गाउँपालिकाले १ करोड १५ लाख रुपैयाँ बराबरको पाइप खरिद गरी बनियानी र बालुबाडी क्षेत्रका सबै उपभोक्ताको घरघरमा खानेपानी पुर्‍याएको थियो। साथै, पथरिया खानेपानी योजनाको मुख्य पाइपलाइन विस्तार गरिएको थियो। यस आर्थिक वर्षमा पनि १ करोड ५० लाख रुपैयाँ बराबरको पाइप खरिद प्रक्रिया पूरा गरी ठेक्का बन्दवस्ती सम्पन्न गरिएको छ।

यी निर्णय र प्रयासहरूको नेतृत्वमा मन्त्रीद्वय एकराज कार्की र भूमिप्रसाद सिंह राजवंशी, भद्रपुर नगरपालिकाका प्रमुख र उपप्रमुख, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी र उपाध्यक्ष नवराज भट्टराई, प्राविधिक टोली, र विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

साथै, पूर्व प्रदेश माननीय बसन्त बाँनियाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। बसन्त बाँनियाले योजनाहरूको कार्यान्वयनमा नीतिगत सुझाव र समन्वयमा विशेष योगदान दिनुभएको उल्लेख गरिएको छ। उहाँले स्थानीय जनताको स्वास्थ्य र आधारभूत सेवामा सुधार ल्याउन यी योजनाहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो।

झापा निर्वाचन क्षेत्र नं. ३ मा गरिएको यी निर्णयहरूले खानेपानी र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। योजनाहरू समयमै सम्पन्न भएमा यस क्षेत्रका जनताको स्वास्थ्य र समृद्धिमा दीर्घकालीन सुधार आउने विश्वास गरिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *