काठमाडौं । ललितपुरको ज्वागलमा सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाहको शव फेला परेको छ ।
उनको शव झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा परिवारका सदस्यले फेला परेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।
शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।
घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।