Search
Close this search box.
Search
Close this search box.

टिपरको ठक्करबाट चारआलीमा एक युवतीकाे मृत्यू

झापा । मेचीनगर नगरपालिका वडा नं १३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा टिपरकाे ठक्कर बाट एक पैदाल यात्रीकाे मृत्युु भएको छ ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्रि १८ बर्षकी अन्सु शिवाकोटी काे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । साथै १८ वर्ष का राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ ।

शिवाकोटीको टाँउकोमा चोट भई उपचारको लागि दुबैलाई तत्काल बिर्तामोड स्थित बिएण्सी हस्पिटल लगिएको थियाे । दुबै काे उपचार भई रहेकोमा घाईते अन्सु सिवाकोटीको हस्पिटलमा उपचार का क्रममा अाज बिहान ०६ बजे समयमा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी राकेश थापालेे जानकारी दिनुभयो ।

ठक्कर दिने टिप्पर तथा टिप्पर चालक जिल्ला झापा भद्रपुर नगरपालिका वडा ९ बस्ने बर्ष ३२ कोसुमन ओझा ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई राखेको र घट्ना सम्बन्धमा ईलाका प्रहरी कार्यालय धुलाबरीबाट थप अनुसन्धान भई रहेको बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *