टीआईको ‘भ्रष्टाचार सूचकाङ्क’ मा नेपाल गत वर्षभन्दा तल पुग्यो

काठमाडौं। भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको भन्दा तल खस्किएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

EPIC

भ्रष्टाचारको अवधारणा सूचकाङ्क ९सीपीआई अनुसार नेपाल ३३ अंक प्राप्त गरेर ११७ औं स्थानमा छ। गत वर्ष नेपाल ११३ औं स्थानमा थियो। दक्षिण एशियामा भुटान सबैभन्दा माथि २४ औं स्थानमा र अफगानिस्तान १६५औं स्थानमा छ । कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अंकसहित शीर्ष स्थानमा छन्।

दक्षिण एसियामा माल्दिभ्स ७५ औं स्थानमा, भारत ८६ औं स्थानमा, श्रीलंका ९४ औं स्थानमा, पाकिस्तान १२४ औं स्थानमा, बंगलादेश १४६ औं स्थानमा रहेका छन् ।

गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एसियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार गत वर्ष भ्रष्टाचार झनै बढेको देखिएको छ । तर नेपाल सरकारले ‘ग्लोबल करप्शन ब्यारोमिटर एशिया २०२०’ को निष्कर्षको खण्डन गरेको थियो ।

EPIC EPIC EPIC

ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा सूचीमा अग्रस्थानमा रहेका देशमा स्वास्थ्य सेवामा राम्रो लगानी रहेको, प्रजातान्त्रिक मान्यता र कानुनी शासनको उल्लंघन गर्ने सम्भावना कम रहने जनाएको छ ।

EPIC

विज्ञप्तिमा भनिएको छ, ‘‘कोभिड–१९ स्वास्थ्य वा आर्थिक संकट मात्रै होइन, यो भ्रस्टाचारको संकट हो र यो त्यस्तो संकट हो जुन हामी अहिले व्यवस्थापन गर्न सकिरहेका छैनौँ ।’’

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar