टी–२० विश्व कपकाे छनाेट खेल्न नेपाली टाेली ओमान प्रस्थान गर्‍याे

काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । टोली केहीबेरअघि ओमान प्रस्थान गरेको हो ।

दिउँसो युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गर्नुभएको थियो । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गर्नुभएको हो ।

EPIC EPIC EPIC

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनाेट खेल फेब्रुअरी १८ तारिखदेखि हुँदैछ । दुवै टोलीबाट शीर्ष दुई टोली सेमिफाइलनमा जानेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।

छनोटअघि नेपालले ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय शृङ्खला खेल्नेछ । यसैबीच विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्ने नेपाली टोलीमा सागर ढकाल पनि समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ओमान भ्रमणमा जाने दिन आज नै ढकालको नाम पनि सार्वजनिक गरेको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ढकाल थपिएसँगै ओमान जाने खेलाडीको सङ्ख्या १७ जना पुगेको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *