टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट खेलमा नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ।

EPIC EPIC EPIC

दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ ।

आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ । ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् ।

नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *