Search
Close this search box.
Search
Close this search box.

ट्युसन पढ्न निस्किएका गृष ३ दिनदेखि बेपत्ता

राजविराज। ट्युसन पढ्नका लागि तीन दिन खघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् ।

घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् ।

१८ वर्षिय एक मात्र छोरा सम्पर्क बिहीन भएपछि आमा रिना र बुबा उपेन्द्रले खोजि कायृमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । आफूहरु काम विशेषले बिराटनगर गएको बेला बुधबार घरमा रहेका छोरा गृषले दिदी हेमालाई ट्युसन पढ्न जान्छु भन्दै निस्केको र हालसम्म फर्कि नआएको देव दम्पत्तिले सुनाए ।

शिक्षक शशिशंकरले भने सो दिन गृष आफूकहाँ ट्युसन पढ्न नआएको जनाएका छन् । गृषका परिवारजनले छोरा वेपत्ता भएको ’bout प्रहरीमा समेत जानकारी गराई अवस्था पत्ता लगाईदिन आग्रह गरेका छन् ।

राजविराजस्थित मिशन कलेजमा कक्षा १२ मा अध्ययनरत गृषले बोक्ने मोबाइल भने घरमै फेला परेको तथा अनुसन्धानका लागि माग गरेकाले प्रहरीलाई बुझाइएको गृषका बुबा उपेन्द्रले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले गृष परिवारजनको सम्पर्क बाहिर पुगेको जानकारी प्राप्त भएको भन्दै खोजि कार्य भइरहेको जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *