ट्रकको ठक्करबाट दोलखाकी सुष्मा नेपालीको निधन

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सुष्मा नेपालीको घट्नास्थलमै मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । दोलखा मेलुङकी २३ वर्षीय सुष्माको शरीर क्षतविक्षत भएको थियो ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए । स्थानीय आन्दोलित भएपछि केही समय भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *