Search
Close this search box.
Search
Close this search box.

डब्ल्यूएचओ टोली बिहीबार चीन जाँदै

छोटकरीमा

  • चिनियाँ नेसनल हेल्थ कमिसनले सोमबार यसबारे ‘एक वाक्य’ जानकारी सार्वजनिक गरेको छ।
  • कमिसनले यसबारे विस्तृत विवरण दिएको छैन।
  • डब्ल्यूएचओका प्रमुख टेड्रोस एधनम गाब्रियससले विशेषज्ञ सम्मिलित टोलीका सदस्य चीन सरकार र डब्ल्यूएचओबीचको सम्झौतामुताबिक अघि बढिसकेको बताएका छन्।
  • पुरा पढ्नुहोस

काठमाडौं। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को विशेषज्ञ टोली बिहीबार चीनको वुहान जाने भएको छ। चिनियाँ नेसनल हेल्थ कमिसनले सोमबार यसबारे ‘एक वाक्य’ जानकारी सार्वजनिक गरेको छ। कमिसनले यसबारे विस्तृत विवरण दिएको छैन।

डब्ल्यूएचओको विशेषज्ञहरुको टोली बिहीबार कोरोना भाइरस महामारी उत्पत्तिस्थल पुग्ने चीनले बताएको छ। चीनको वुहानमा कोरोना भाइरस पहिलो पटक २०१९ मा देखिएको थियो। टोली कहिले वुहान सहरतर्फ जानेछ भन्नेबारे भने कुनै जानकारी दिइएको छैन।

विशेषज्ञ टोली वुहान जाने कुरा उठेको लामो समय भइसकेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस एधनम गाब्रियससले विशेषज्ञ सम्मिलित टोलीका सदस्य चीन सरकार र डब्ल्यूएचओबीचको सम्झौतामुताबिक अघि बढिसकेको बताएका छन्। एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *