Search
Close this search box.
Search
Close this search box.

डिपिएलको समय धकेलियो

dhangadi-premier-legue

धनगढी प्रिमियर लिग यस वर्ष निर्धारित समयमा नहुने भएको छ । लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिमका कारण निर्धारित मितिमा प्रतियोगिता गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

यसअघि धनगढी प्रिमियर लिग २४ अक्टोबरदेखि ७ नोभेम्बरसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । कोरोना भाइरसको जोखिमसँगै सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेकाले तत्काल प्रतियोगिता सञ्चालन गर्न सम्भव नदेखिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताएका छन् ।

गत सिजनमा पनि राष्ट्रिय टोलीका खेलाडीको समयतालिका नमिल्दा प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगिताको नयाँ मिति चाँडै सार्वजनिक गरिने अध्यक्ष शाहीले जनाए । क्रिकेटलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले धनगढी क्रिकेट एकेडेमीले देशमै पहिलोपटक विभिन्न सहरका टिमसहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा सुरु गरेको थियो ।

लिगका तीनवटा संस्करण धनगढीमा सम्पन्न भइसकेका छन् । राष्ट्रियस्तरमा सहरका नाममा फ्रेन्चाइज टोलीले अक्सनमा खेलाडीको बोलकबोल गरेर भित्र्याउने व्यावसायिक परम्परा डिपिएलले सुरु गरेको थियो । डिपिएल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन गर्ने गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *