उनी सितको पहिलो भेट ,
उजेली रातै मीठो देख्दै पिछे साउती मार्ने ,
उनको आँखै छिटो ।।
रसिला नयन, सुन्तले अधर,
गगनचुम्बी हिमाल अंग अंग काउकुती लाउने,
उनको देहै मजिटो।।
ठुस्किने ,रिसाउने ,
तर्किने फेरि आखा जुधाउने रूपवती पार्वती झै लाग्ने ,
उनको स्वरै मीठो ।।
अभिवादन नमस्कार इसारा नै पाए पछि
घरी घरी धाउकी लाग्ने ,
उनको मातै मिठो।।
उजाड जिन्नगीमा,
पिर्तीको फुल फुलेपछी सम्झी सम्झी धाउकी लाग्ने ,
उनको मातै मिठो।।