Search
Close this search box.
Search
Close this search box.

डिशहोमले ल्यायो क्यास ब्याक अफर

काठमाडौं – कार्तिक ३ गते देखि लागु हुने गरि डिशहोमले आफ्नो फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन सय ६५ र दुई बर्षको रिचार्जमा रु पाँच सय क्यासब्याक प्राप्त गर्नेछन्।

यो क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन्। यसैगरि नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले रु एक, एक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *