पालिका सन्देश।
झापा बुद्धशान्ति -३ मा रहेको डि-स्क्वायर फन पार्क एन्ड रिसोर्टमा नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
नयाँ बर्ष बैशाख १ गते साङितिक साँझ हुने भएको छ । अतृप्त ब्याण्ड सहित नवीन कुमार भट्टराईको बेजोड प्रस्तुति रहने रिसोर्टका संचालक डेभिड श्रेष्ठले बताएका छन् ।

यसका साथै स्थानीय कलाकारहरुको नृत्य तथा गायन समेत प्रस्तुत हुनेछ । पारिवारिक बातावरणमा रहेको रिसोर्टमा बैशाख १ गते साँझ ६:३० बजे देखि सांगीतिक कार्यक्रम सुरु हुनेछ । बिगत २ वर्ष देखि सन्चालनमा रहेको उक्त फन पार्कमा वालवालिका सहित पारिवारिक भ्रमणमा समेत आउने गरेका छन् ।