Search
Close this search box.
Search
Close this search box.

डोजरले पोल ढाल्दा सिमकोटबासी चार दिनदेखि अन्धकारमा बस्न बाध्य

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ। हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन्।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए। ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *