डोटीमा १० प्रतिशत मतदाता वृद्धि

डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।

EPIC

निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखिनै फोटोसहितको मतदाता नामावली संकलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

डोटी जिल्लामा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासी बताउँछन् । उनले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग एक चरणको छलफल भएको बताए ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।

EPIC EPIC EPIC

उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए ।

EPIC

खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘१५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको छ, त्यतिवेला केही घटन् सक्छन् ।’ महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका उनले जानकारी दिए ।

उनले माघ १५ देखि २१ सम्म नौ वटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको बताए । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने मलासीले बताए । उनी थप्छन्, ‘कसैले आफ्नो नामावली अन्यत्र जिल्लामा पनि सार्न सक्छन्, मृत्यु भएका व्यक्तिहरुको नाम हटछ्, त्यसैले यो संख्यामा केही कमी आउन सक्छ ।’

८ वटा केन्द्र बढ्न सक्ने

जिल्ला निर्वाचन कार्यालय, डोटीका प्रमुख मलासीले जिल्लामा मतदान८ वटा केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताए । ‘निर्वाचन स्थल त बढ्दैनन् तर मतदाता संख्याको आधारमा ८ वटा जति मतदान केन्द्र वढ्न सक्छन्,’ उनले भने, ‘त्यो पनि २१ गतेपछि मतदाताको अन्तिम नामावली तयार भएपछि थाह हुन्छ ।’

०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानहरुमा १५७ मतदान केन्द्र रहेका थिए । अब १६४ वा ६५ हुने सम्भावना रहेको उनी बताउँछन् । निर्वाचन तयारी र मतदान स्थल र केन्द्रको तयारीको विषयमा मतदान केन्द्र निर्धारण समितिको बैठक ८ गते फेरि बैठक बस्ने उनले बताए ।

दिपायल सिलगढी नगरपालिका-६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका-४ डिकेवनमा रहेको केन्द्र सार्नु पर्ने अवस्था रहेको मलासीले जानकारी दिए ।
‘शैलेश्वरी विद्यालय अर्को विद्यालयमा मर्ज भइसकेको हुँदा अब त्यहाँबाट केन्द्र सार्नु पर्छ,’ मलासीले भने ‘डिकेवनमा रहेको वडा

कार्यालयमा आगजनी भएपछि अब त्यहाँ पनि के गर्ने भन्ने विषयमा ८ गते नै छलफल हुन्छ ।’

उनले मतदान स्थलहरु थप्नु पर्ने भन्दै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने बताए । आयोगको निर्देशनअनुसार कार्यालयले निर्वाचन सम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको मलासीले बताए ।अनलाईनखबरबाट

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar