मेचीनगर–घरायसी विवादका कारण मेचीनगर–४ मा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ श्रीमान् पर्वत राईले घरायसी विवादमा ढुङ्गा प्रहार गरी श्रीमती संगीता राईको हत्या गरेको स्थानीयले जनाएका छन् ।
वडाध्यक्ष हर्कबहादुर बस्नेतले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । प्रहरीले राईलाई नियन्त्रणमा लिएको छ । उनी काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।