भोलि हुन लागेको स्थानीय निकायको चुनाव बिहान ७ बजेदेखि अपरान्ह ५ बजे सम्म हुँदैछ। निर्वाचनमा जोडिएका विभिन्न शिर्षकका संख्यात्मक विवरण यहाँ प्रस्तुत गरिएको छ।
स्थानीय निकायको भोलि हुने निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुमा मतदान हुँदैछ।
१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन्।
विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन्।
१ लाख ९ हजार जना कर्मचारी र ६५ हजारसय ६५ जना स्वयंसेवकहरु आ-आफ्नो मतदानकेन्द्रमा पुगी सकेका छन् ।
स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पधामा रहेका छन ।
५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पधामा रहेका छन् ।