तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु

तरहरा। इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् ।

EPIC EPIC EPIC

उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं. ५ का अध्यक्ष हुन् ।

मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलमा सवार रहेका राई घटनामा गम्भीर घाइते भएका थिए ।

तरहरा प्रहरी चौकी घटनास्थलमा खटिएर उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर, उपचारका लागि लगिएपनि चिकित्सकले मंगलबार राति ८ः१० बजे नै मृत घोषित गरेको डीएसपी भण्डारीले जानकारी दिए ।

शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । मोटरसाइकल तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *