तराईमा हुस्सु/कुहिरो,पहाडी भेगमा बदली

काठमाडौं। देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसले गर्दा गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, गण्डकी, र कर्णालीका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

EPIC EPIC EPIC

कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातको समयमा पनि कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्यत्र मौसम सफा रहनेछ।

तराईका धेरै स्थानमा लागेको हुस्सु/कुहिरो अपराह्नपछि क्रमिक रूपमा कम हुने विभागले जानकारी दिएको छ। तर, बिहानका समय देशका तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो देखिने संभावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *