Search
Close this search box.
Search
Close this search box.

तराईमा हुस्सु र कुहिरो

हाल नेपालमा पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप अहिले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा तराई/मधेशका केही स्थानमा हुस्स-कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। 

मौसम बदलीसँगै देशभरिको तापक्रममा गिरावट आइरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *