Search
Close this search box.
Search
Close this search box.

तलेजुमा यसपालीको बलि नचढ्ने

talaju mandir

भक्तपुर । कोरोना भाइरस संक्रमण दिनानुदिन बढेको भन्दै भक्तपुरको तलेजुमा वडा दसैंमा बलि नचढ्ने भएको छ ।

यसअघि बिस्काजात्रा, चैते दसैं र यसपछिका विभिन्न थापूजामा समेत तलेजुमा बलि चढेको थिएन । दसैंमा सर्वसाधारणको भीड हुने हुँदा कोरोना भाइरस संक्रमण हुन नदिन दसैंमा तलेजुमा बलि रोक्ने निर्णय गरिएको बताइएको छ । भक्तपुर नगरपालिकामा भएको सरोकारवालाहरुसँगको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

EPIC EPIC

भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार दसैंभर तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ । उनले तलेजुमा सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुने जानकारी दिए । तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको कारण यस वर्ष पहिलोपटक दसैंमा तलेजुमा बलि नचढ्ने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *