ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार

झापा । ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार गरिएको छ । बिहीबार सशस्त्र प्रहरीले यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीहरूको उद्धार गरेको हो ।

केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेचिराजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकाबाट ताप्लेजुङमा भित्रिने र बाहिरिने तीर्थयात्रीहरू यातायात बन्दका कारण अलपत्र परेका सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जनाकारी दिए ।

EPIC EPIC EPIC

कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका ३९ जना तीर्थयात्रीहरू ताप्लेजुङको फुङलिङ बजारबाट सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्‍चनजंघा गुल्मले ईन्सेकसँगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको उनले बताए ।

सो गुल्मबाट मेची राजमार्गस्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्न आएका तीर्थयात्रीहरूको स्वास्थ्य जाँच समेत गरिएको उनको भनाइ छ ।

यसका साथै उनीहरूका लागि गुल्मले खानाको समेत व्यवस्था गरेको जनाइएको छ । गुल्मले विभिन्न सवारी साधनको व्यवस्था गरी स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म ल्याएको सह प्रवक्ता थापाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *