ताप्लेजुङ । बुधबार ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज अपराह्न ४:३९ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।