ताप्लेजुङमा सवारी चालक कारबाहीबाट तीन लाख राजस्व संकलन

ताप्लेजुङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको ६ महिनामा तीन लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

EPIC

मङ्सिर महिनामा मात्रै एक लाख सात हजार ५०० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। एकै महिनामा यति धेरै राजस्व संकलन भएको यो पहिलोपटक हो।

पछिल्लो ६ महिनामा ४८३ वटा सवारीसाधनका चालक कारबाहीमा पर्दा तीन लाख आठ हजार ५०० रूपैयाँ राजस्व जम्मा भएको हो।

अघिल्लो आवमा ६ लाख ९४ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको थियो। अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व संकलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ।

उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन्। बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन्।

EPIC EPIC EPIC

अघिल्लो आवमा ६ लाख ९४ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको थियो। अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व संकलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ।

EPIC

यस्तै पछिल्लो ६ महिनाको अवधिमा सातवटा दुर्घटना भएका छन्। ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सातजना घाइते भएको बताइएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar