Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङमा १८ सय बढीले मात्र भरे राष्ट्रिय परिचयपत्रको विवरण

ताप्लेजुङ ।  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म करिव १ हजार ८०० भन्दा बढीले मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको जनाएको छ ।
गत १३ साउनबाट सुरु भएको दर्ता कार्यमा पुस मसान्तसम्ममा १ हजार ८४१ जनाले मात्र विवरण दर्ता गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिए । उनका अनुसार दर्ता गर्नेमा सबैभन्दा बढी पुरुष रहेका छन् । 

१ हजार ६४ जना पुरुष र ७७७ जना महिलाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको प्रजिअ चापागाईंले जानकारी दिए । कुल दर्तालाई आधार मान्दा पुरुषतर्फ ५८ प्रतिशत र महिलातर्फ ४२ प्रतिशत दर्ता अवस्था देखिने प्रशासन कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी दर्ता २०७७ सालको पुस महिनामा भएको छ । सो महिना ३१७ पुरुष र २१६ महिला गरी ५३३ जनाले दर्ता गरेका छन् । मंसिर महिनामा २९१ पुरुष र १९० महिला गरी ४८१ जना, कात्तिक महिनामा १२० पुरुष र ७८ महिला गरी १९८ जना, असोजमा १६० पुरुष र १२१ महिला गरी २८१ जना, भदौमा १२० पुरुष र ११० महिला गरी २३० जना र साउनमा ५६ पुरुष र ६२ महिला गरी ११८ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको प्रशासन कार्यालयले जनाएको छ । 

अहिलेसम्म फुङ्लिङस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाटै भइरहेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य मतदाता नामावली अद्यावधिक कार्य हुने बखत स्थानीय तहहरूका केन्द्र-केन्द्रमा पठाउने प्रशासनको योजना रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *