Search
Close this search box.
Search
Close this search box.

तीनवटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं। आज तीनवटा प्रदेशमा मुसलधारे वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्‍चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित छ।

EPIC

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही तथा कोशी, मधेश, वागमती र गण्डकीका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।

आज राति कोशीका केही , बाँकी प्रदेशका पहाडी भेगका थोरै तथा लुम्बिनीको तराईका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *