तीन युवाको लगानीमा बिर्तामोडमा खुल्यो डिजिटल कारखाना

बिर्तामोड । झापाली तीन युवाको संयुक्त लगानीमा बिर्तामोडमा बुधबारदेखि डिजिटल कारखाना सञ्चालनमा आएको छ । भारतको रामा विश्वविद्यालयमा डिजिटल मार्केटिङ विषय अध्ययन गरेर घर फर्किएका बुधबारेका सुजन तिम्सिनाको अग्रसरतामा २० लाख बढी लगानीमा करिव २५ जनाभन्दा बढीलाई रोजगार दिने उदेश्यले डिजिटल कारखाना खोलिएको हो ।

EPIC

उनले यस कारखानाबाट डिजिटल मार्केटिङ, सोसल मिडिया मार्केटिङ, वेब डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, आईटी सम्बन्धिकाम तथा कम्पनी दर्ताका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिने र लेखा परीक्षणसम्म गरिदिने व्यवस्था रहेको छ । गत असोज १ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर उक्त प्रतिष्ठान बुधबारदेखि बिर्तामोडको अतिथि सदन छेउमा सेवाग्रहीसम्म आएको हो ।

कम्पनीको सिइओमा शुसिल भण्डारी रहेका छन् भने आइटी सर्भिसतर्फ अर्जुनधाराका पूजन अधिकारी रहेका छन् । पछिल्लो सामय युवा पुस्तालाई लक्षित गरेर डिजिटल काराखाना सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक पूजन अधिकारी बताउँछन् ।

‘गोजीमा नगद नहुँदा पनि आजको युवा डराउँदैन किनकि उसँग मोवाइल वालेट हुन्छ, जहाँ पुग्छ क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्छ’ अधिकारी भन्छन्, ‘हामी यस्तै प्रकृतिको व्यवसाय प्रवद्र्धन गर्छौं ।’‘फेसबुक बुस्ट गर्नुलाई धेरै मानिसले डिजिटल मार्केटिङ भनिरहेका हुन्छन्, तर डिजिटल मार्केटिङ एउटा ठुलो समुन्द्रको छाल जस्तो हो ’ कारखानाका प्रबन्धक तिम्सिना भन्छन्-सोसियल बुस्टिङ भनेको मार्केटिङको सानो अंश मात्रै हो । यद्यपी सामाजिक सञ्जाल मार्फत लक्षित वर्गसम्म सूचना वा विज्ञापन पुर्याउने प्रक्रिया नै डिजिटल मार्केटिङ हो ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar