तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको सेयर, दुई जनालाई ११ कित्ता

काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले आज शुक्रबार सेयर बाँडफाँड गरेको हो।

EPIC

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।

कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक क्यापिटल्सले बताएको छ।

यसैगरी, बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सेयर समुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

EPIC EPIC EPIC

बाँडफाँडपछि बाँकी रहेको बाँकी २ कित्ता सेयर एक कित्ताका दरले दुई लगानीकर्तालाई दिइएको क्यापिटल्सले बताएको छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar