तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने सरकारको लक्ष्य

काठमाण्डाै – सरकारले तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने लक्ष्य राखेको छ ।

देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा विद्यालयका पूर्वाधार बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत झण्डै १९ सय विद्यालय बनेका छन् ।

EPIC EPIC EPIC

विद्यालय भवनले मात्रै नहुने भन्दै मन्त्री पौडेलले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयहरुमा कार्यक्रम जाने पनि उहाँले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *