तुम्लिङटारको गुठीटारमा खानेपानी पुगेपछि स्थानीय खुसी

safe_drinking_water_nepal

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटारस्थित गुठीटारमा खानेपानी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ ।

EPIC

वर्षौँदेखि खोलाको दूषित पानी खान बाध्य भएका स्थानीयमा स्वच्छ खानेपानी पुगेपछि खुसियाली छाएको हो ।गुठीटारमा बृहत् तुम्लिङटार खानेपानी आयोजनाले सेवा विस्तार गरेपछि त्यहाँका स्थानीयले राम्रो पानीको पहुँच पाएका हुन् ।

खाँदबारी नगरपालिकानजिकै भए पनि बत्तीमुनिको अँध्यारो भनेजस्तै बनेर गुठीटारका स्थानीय बस्न बाध्य थिए । गुठीटारमा १३ घरपरिवार बसोवास गर्दै आएका छन् ।खाँदबारी नगरपालिकाको सहयोगमा करिब आठ सय मिटर निःशुल्क खानेपानीको पोलिथिन पाइप उपलब्ध गराएपछि खानेपानी आयोजनाले गुठीटारसम्म खानेपानीको सेवा विस्तार गरेको बृहत् तुम्लिङटार खानेपानी आयोजनाका अध्यक्ष लोकेन्द्र तामाङले बताए ।

गुठीटारमा यही १ असोजदेखि स्थानीयलाई पायक पर्नेगरी तीनवटा धारा जडान गरिएको स्थानीय भीमबहादुर गिरीले बताए ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar