तेक्वान्दो टोली मकाउ प्रस्थान

तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ।

भदौ ८ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि डेनिड विक र विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असीम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्नेछन्। महिलाको एकल पुम्सेमा मुना खवास मगर, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अञ्जली लामा र एकल पुम्सेमा अनुजा राईले खेल्नेछन्। टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ छन् भने कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गर्नेछन्।

EPIC EPIC EPIC EPIC EPIC

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै बिदाइ गरे। निर्णायक घिसिङका अनुसार मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनि सोही प्रतियोगितामा सहभागिता जनाउनेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *