त्रिशूलीमा माछा मार्ने क्रममा बेपत्ता व्यक्तिको सशस्त्रद्वारा सकुशल उद्धार

त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सप्तरी जिल्लाको खडक गाउँपालिका–८ घर भइ हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षका  बन्धुलाइ चौधरी बिहीबार (जेठ ३१ गते) दिउँसो माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदीमा बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोर सहित १० जनाको फौज परिचालन गरिएको थियो।

उनलाई साँझ सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थामा जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

हात र खुट्टामा चोट लागेका उनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचार भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसैबीच बिहीबार धादिङ जिल्लाको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा भारतीय नागरिक सोनालाल दास बेपत्ता भएका छन्। उनको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट बिपद व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको छ।

यसैगरी पोखरा महानगरपालिका–१७ बिरौटास्थित रातो पहिरोमा जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका धन बहादुर आलेको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको फौज परिचालन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *