Search
Close this search box.
Search
Close this search box.

दमकको होटलमा राउतको झुन्डिएको अवस्थामा शव फेला, एक महिला नियन्त्रणमा

झापा। झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको कर्जा अधिकृत मेघराज राउत बिहिबार अपरान्ह एक होटलमा आत्महत्या गरेक छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले राती साढे ९ बजे ति महिलालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले महिलाका बिषयमा थप केही खुलाएको छैन ।

EPIC

३७ बर्षिय राउत बिहिबार बिहान करिब ९ बजेदेखि एकाएक घर परिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैं कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत नभएको बुझिएपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो ।

प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठा भित्र फेन झुण्डयाउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *