Search
Close this search box.
Search
Close this search box.

दमकमा पुनः लकडाउन गर्ने तयारी

दमक । दमक नगरपालिकाले दमकमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायी सँग अन्तकृया गर्ने भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सर्तकता अपनाउन आवश्यक रहेको बताए ।

यद्यपी जिल्लाभरीको अवस्था हरेर जिल्ला समन्वय समितिले केही निर्णय गर्न सक्छ, उनले भने, दमकको हकमा हामीले जिल्ला पर्खने छैनौ, लकडाउन गर्ने/ नगर्ने निर्णय गछौँ ।

प्रमुख ओलीले कोभिड १९ को सचेतना जगाउनका लागि शिक्षक सहित स्वास्थ्यकर्मी परिचालन गर्ने बिषयमा समेत छलफल भइरहेको बताए । उनले उच्चतम सावधानी अपनाउन आग्रह गरेका छन् ।

ओलीका अनुसार नगरपालिकाले सबैको परामर्शमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । सबैले दुई साता सम्म बन्द गरौँ भन्ने सुझाव दिएका छन्, उनले भने, हामी तत्कालै निर्णयमा पुग्ने छौ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सीनाका अनुसार भोली राजनीतिक दलसँग कोरोना रोकथाम नियन्त्रणका बिषयमा अन्तकृया गरिने छ ।

दमकमा अहिले सम्म ४१९ संक्रमित भएका छन भने आइतबार मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *