Search
Close this search box.
Search
Close this search box.

दशैँमा डेढ दुई लाख यात्रुले मात्रै काठमाण्डौ छोडे

काठमाण्डौ । यसपालिको दशैँका लागि डेढ दुई लाख नागरिकले मात्रै काठमाण्डौ छोडेका छन् । अघिल्लो दशैँमा २० देखि २२ लाख जना काठमाण्डौबाट बाहिरिने गरेकोमा यसपालि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण धेरै जना गाउँघर गएका छैनन् । 

निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले यात्रु नभएकाले सबै सार्वजनिक गाडी चलाउन नसकिएको बताउनुभयो ।

आइतबार बिहानसम्ममा डेढ दुई लाख यात्रु मात्रै काठमाण्डौका विभिन्न नाका हुँदै बाहिरिएका उहाँले जानकारी दिनुभयो । उहाँले  लामो दुरीमा आइतबारदेखि खासै यात्रु नजाने पनि बताउनुभयो ।

लामो दुरीका बसले यात्रु नपाए पनि आइतबार काठमाण्डौ उपत्यका नजिकका नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा भने यात्रु जाने छन् ।

गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाण्डौ भित्रिएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *