दशैं बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने

झापा । नेपाल आयल निगमले दशैं बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने व्यवस्था मिलाएको छ । निगमका देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण निरन्तर हुने व्यवस्था मिलाइएको छ । विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।

अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन् ।

EPIC EPIC EPIC EPIC

त्यसैगरी धनगढी डिपो २४, २७ र २८ असोजमा खुल्ने भएका छन् । धनुषा डिपो २४ र २७, नेपालगञ्ज आवश्यकता अनुसार, दाङ २७ असोज, वीरगञ्ज २४ र २८, चारआली २४ र २८ तथा दिपायल शाखा आवश्यकता अनुसार खुला हुने निगमले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *