दश दिनदेखि बेपत्ता ६ वर्षीय बालक जंगलमा मृत फेला

गुल्मीको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कविहीन बालक जंगलमा मृत फेला परेका छन्। हर्राचौर टुटिनाकी रम्बा थापा क्षेत्रीको ६ वर्षीय छोरा २२ मंसिरको दिउँसो २ बजेबाट परिवारको सम्पर्कमा थिएनन्।

EPIC

बालकलाई सोमबार दिउँसो स्थानीयले घरदेखि एक किलोमिटर टाढा जंगलमा मृत अवस्थामा फेला पारेको चन्द्रकोट गाउँपालिका– ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिए।

EPIC EPIC EPIC

बालक दृष्टिविहीन थिए। बालकको कम्मर तलको मासु निस्किएको अवस्थामा देखिएकाले मृत्युको कारणबारे अनुसन्धानपछि पत्ता लाग्ने सुवेदीले बताए। 

लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजतलास गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नै नेतृत्वमा प्रहरीको टोली घटनाबारे थप अनुसन्धानका लागि घटनास्थल हिँडेको जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *