दसैँ मनाएर काठमाडौँ उपत्यका फर्कने बढे

काठमाडौँ। दशैं मनाउन बाहिर जिल्ला गएकाहरू अब काठमाडौँ उपत्यकामा फर्कने क्रम बढ्दो छ।

EPIC

पछिल्लो २४ घण्टा (बुधबार)मा विभिन्न नाकामार्फत् ४४ हजार ३९१ जना यात्रुहरूले काठमाडौं उपत्यकामा आउजाउ गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ४,२१० ओटा सवारी साधनमा २४ हजार ३६ जना यात्रु उपत्यका भित्रिएका छन् भने ३,३८० ओटा सवारी साधनमा २० हजार ३५५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दशैंको भोलिपल्ट एकादशीको दिन (मंगलबार) १५ हजार २१२ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यका आएका थिए। मंगलबार १६ हजार २७३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। यसरी सो दिन ३१ हजार ४८५ जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar