दसैंको टीकाको दिन पनि भेटिए २७२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

झापा – पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७ सय १२ को कोरोना परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण भेटिएको हो ।

यस्तै सोही अवधिमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ भने ७ सय ७७ जना निको भएर डिस्चार्ज भएका छन् । 

EPIC EPIC EPIC EPIC EPIC

देशभर अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

नेपालमा हालसम्म ६४ लाख ६९ हजार १५९ जनालाई कोभिड–१९ विरुद्ध पूर्ण खोप दिइएकोछ ।

मन्त्रालयका अनुसार त्यो भनेको कुल जनसंख्याको २९.७ प्रतिशत हो । यस्तै, ८३ लाख ८८ हजार ४०२ जनालाई कोभिडविरुद्ध पहिलो डोज खोप दिइएको छ । त्यो भनेको कुल जनसंख्याको ३८.६ प्रतिशत हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *