Search
Close this search box.
Search
Close this search box.

दस दिनदेखि बेपत्ता १२ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत फेला

जाजरकोटको छेडागाड नगरपालिका-१० का १२ वर्षीय बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका-१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप-प्रमुख चन्द्रबहादुर थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको भनाइ छ ।
मृतक बालकले कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको उपप्रमुख थापाको बताए ।

उनले भने,‘उसको आमाले पनि सायद भारत नै गयौं होला भन्ने सोचेको रहिछन् । तर, पछि ढुक्क नहुँदा प्रहरीलाई खोज्नका लागि जानकारी पनि दिएकी थिइन् । उ हराएको दिन स्कुल जान्छु भनेर गएको तर घर भन्दा पर झण्डै २५ मिटर टाढा झोला भेटिएको थियो ।’

झोला भेटिएको १० दिनपछि घर देखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । उनी अन्नपूर्ण आधारभूत विद्यालय नल्फूमा कक्षा ६ मा अध्ययनरत थिए ।
घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *