Search
Close this search box.
Search
Close this search box.

दाङमा टिपरको ठक्करबाट मामा-भान्जाको मृत्यु

दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा१क १३०७ नम्बरको टिप्परले रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक दुईजना मामा–भान्जा रहेका छन् ।

प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *