‘दिगो विकासका निम्ति गुरुयोजना बनाएर अघि बढ्छु’ :वडाध्यक्ष उम्मेद्वार वाग्ले

बुद्धशान्ति । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको सात वटै वडामा छनौट कार्य सम्पन्न गरेसंगै चुनावी अभियानमा लागिरहेका छन् ।

पछिल्लो समय राजनीतिमा युवाको आकर्षण बढ्दो छ। युवाहरुको राजनीतिमा सक्रियता बढे सँगै राजनीति प्रति आशा पलाएको छ। बढ्दो आकर्षण बाटै थाहा हुन्छ। युवाहरुले हस्तक्षेप गर्न नेतृत्व खोजिरहेका छन् । झापा बुद्धशान्ति वडा नम्बर -१ बाट अनिल वाग्लेले वडाध्यक्षमा दाबेदारी दिएका छन् ।

EPIC EPIC EPIC

बिद्यार्थि जिवनबाट राजनीतिक यात्रा सुरु गरेका वाग्लेले वडाका लागि केही योजनाहरु अघि सादै उम्मेद्धारी दिएका छन् । युवाहरूको सहभागितामा आय-आर्जनमूलक कृषि र रोजगारमुलक कार्यक्रमहरू सहितका योजनाले युवालाई आकर्षण गर्ने वाग्ले बताउँछन् । ‘अहिले हरेक कामहरू युवाले नै गर्नुपर्दछ । हामीले कामगर्दा अझै उत्कृष्ट र पारदर्शी हुन्छ । त्यही भएर मैले उमेदवारीदिएको हुँ ।

उनले वडालाई सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित गाउँको संकल्पलाई अघि सारेका छन् । उनले संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील गाउँपालिका बासीको संकल्प अघि सारेका छन् ।

यसका अतिरिक्त बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ।

बुद्धशान्ति -१ निवासी वाग्ले सामाजिक, धार्मिक व्यक्तित्वका साथै सञ्चार कर्ममा समेत कार्यरत हुन् । उनी बिभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा अगाडि बढिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *