दुई दिन घटेको शेयरबजार आज ३३ अंकले बढ्यो, पाँच अर्ब ७७ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार दुई दिनसम्म घटेको शेयरबजार आज भने बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सोरेन्सको २२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

EPIC EPIC EPIC

आज मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।  समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *