Search
Close this search box.
Search
Close this search box.

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

झापा। हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे सवारीसाधन फेला पार्न सफल भएको छ ।

ती दुई पाङ्ग्रे सवारीसाधनमा पाँच सय ८१ वटा मोटरसाइकल रहेका छन् भने एक सय ८४ वटा स्कुटर रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

प्रहरीले हराएका मोटरसाइकलमध्ये अहिलेसम्म पाँच सय ३८ मोटरसाइकल र एक सय ७४ स्कुटर गरी कूल सात सय १२ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको छ । अरू बुझाउने प्रक्रियामा रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यसरी हराएका र भेटिएका मोटरसाइकलहरू काठमाडौँ उपत्यकामा सबैभन्दा बढी रहेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा हराएका तीन सय ८८ वटा मोटरसाइकल फेला पारिएकामा पछिल्लो पाँच महिनामा तीन सय ८१ वटा फेला पारी धनीलाई बुझाइएको छ ।

यस्तै उपत्यकामा हराएका एक सय ४७ स्कुटरमध्ये अहिलेसम्म एक सय ३८ वटा धनिलाई बुझाइसकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले यसरी चोरीमा संलग्न ४० जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताउनुभयो ।

उहाँका सवारी धनीको लापरबाहीले यसरी सवारीसाधन हराइरहेका पाइएकाले विशेष सावधानी अपनाउन अनुरोध पनि गर्नुभएको छ । प्रहरीले आज सार्वजनिक गरेको पछिल्लो ५ महिनाको विवरणअनुसार कोसी प्रदशेमा मोटरसाइकल र स्कुटर गरी ३५ वटा फेला पारिएकोमा ३४ वटा धनीलाई बुझाइएको छ र मधेस प्रदेशमा ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन भेटिएकामा ४९ वटा धनीलाई बुझाइएको छ ।

यस्तै बागमती प्रदेशमा हराएका ४२ वटा फेला पारिएकोमा १८ वटा, गण्डकी प्रदेशमा ३७ वटा फेला पारिएकोमा सबै धनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । लुम्बिनी प्रदेशमा ३४ वटा फेला पारिएकोमा ३३ वटा बुझाइएको, कणाली प्रदेशमा २४ वटा फेला पारिएकोमा सबै र सुदुरपश्चिम प्रदेशमा ६ वटा फेला परेकामा ६ वटै परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक गर्न तथा सुरक्षा साइरनहरू जडान गर्न अनुरोध गरेको छ ।

मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ गर्दा चोरीको डर हुने भएकाले त्यस्ता स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रहरीले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने सार्वजनिक सूचना जारी गरी जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *